ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – विवेकशील पार्टीले विभिन्न शीर्षस्थ नेताहरूलाई पासपाेर्ट उपहार दिएर अधिनायकवादविरुद्धकाे प्रदर्शन गरेकाे छ । विकेकशील पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललाई र उहाँहरूका पुस्ताका सबै नेतालाई पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको छ ।
मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरूको गैर–जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरूमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरू विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नुपरेको, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको पार्टीले बताएकाे ५ ।
साथै ४० वर्षमुनिका महिलाहरूलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरूको विरोधमा साङ्केतिक विरोध स्वरूप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरिङ तामाङले बताउनुभयो ।
अधिनायकवादविरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरूपमा विवेकशील दलले हरेक सोमवार र बिहीवार बिहान १०:३० बजे माइतीघरमा प्रदर्शन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।