जलविद्युत् क्षेत्रका लागि सहुलियत स्वीकृत, विद्युत् उत्पादनको समय एक वर्ष थप, नवीकरण शूल्कमा ७५ प्रतिशत छुट

 फागुन ४, २०७७ मंगलबार १५:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण जलविद्युत् क्षेत्रमा परेको असर कम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न सहुलियत तथा सुविधा दिने भएको छ ।

ऊर्जा मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको संयुक्त कार्यदलले अध्ययन गरेर सिफारिस गरेअनुसार ऊर्जा मन्त्रालयले सहुलियत तथा सुविधा स्वीकृत गरेर विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ ।

वातावरणीय अध्ययनका लागि कार्यसूची तथा क्षेत्र निर्धारण भएका आयोजनाको समयावधि एक वर्ष थप गर्ने, विद्युत् खरिद सम्झौतामा विद्युत् उत्पादन गर्न तोकिएको मिति एक वर्ष थप्ने निर्णय मन्त्रालयले गरेको छ ।

यस्तै सर्वेक्षण अनुमति पाइसकेका तर कोरोना र लकडाउनका लागि आयोजनास्थल पुगेर अध्ययन गर्न अवरोध भएका आयोजनाका प्रवद्र्धकलाई वार्षिक अनुमतिपत्रको दस्तुरमा ७५  प्रतिशत छुट दिने र नवीकरणमा पनि छुट दिने मन्त्रालयले जनाएको छ ।

यस्तै विद्युुत् प्राधिकरणलाई पर्न गएको तरलता व्यवस्थापनका लागि आवश्यक रकम र पुष्ट्याइँसहित मन्त्रालयमा प्रस्ताव पेस गर्न पनि मन्त्रलायले प्राधिकरणलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया