कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भागरथीको हत्या भएको १३ औँ दिनमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याइएको छ ।
आरोपीले विद्यालयबाट फर्किने क्रममा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको उहाँले बताउनुभयो । हत्या बारे थप जानकारी पत्रकार सम्मेलनमार्फत नै दिने प्रहरीको तयारी छ ।
भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो । भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमा नै राखिएको छ ।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोली १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छ । अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट समेत डीएसपीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।