कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
धनुषा – भान्जालाई अपहरण गरी फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताउनुभयो ।
धनुषाको नगइराइन नगरपालिका ६ काे लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिवार साँझ आठ बजे जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीकाे सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो ।
बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइ सकिएको छ भने घटनामा संलग्न रहेको आशङ्कामा अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।