अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभ्याक्स सुविधाको खोप आपूर्ति थालेको छ । डब्ल्यूएचओले गरिब देशहरूलाई कोरोना भाइरसविरुद्धको खोपमा पहुँच उपलब्ध गराउन स्थापना गरेको कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति सुरु गरेको हो ।
डब्ल्यूएचओले बुधवार घानामा खोप पुर्याएकाे समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकी देश घानालाई डब्ल्यूएचओले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको ६ लाख डोज उपलब्ध गराएको हो ।
डब्ल्यूएचओले गरिब देशहरूलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।
याे खोप मुम्बईबाट घाना पठाइएको हाे । कोभाक्स सुविधाअन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोरोनाविरुद्धको खोपको दुई अर्ब डोज उपलब्ध गराउने डब्ल्यूएचओले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।