भारत–पाकिस्तान सेनाबीच सहमति, नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने निर्णय

 फागुन १३, २०७७ बिहीबार १५:२४:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत र पाकिस्तानका सेनाबीच भएको वार्तापछि दुवै पक्ष वास्तविक नियन्त्रण रेखा (एलओसी) र अन्य क्षेत्रमा २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको छ । 

भारत र पाकिस्तानको तर्फबाट नियन्त्रण रेखामा लगातार सङ्घर्ष विरामको उल्लङ्घन भइरहेको अवस्थामा दुवै देशको सेनाका डीजीएम (सैन्य अभियानका महानिर्देशक) बीच यस विषयमा कुराकानी भएको हो ।

सङ्घर्ष विरामकाे उल्लङ्घनका कारण दुवैतर्फको नियन्त्रण रेखा नजिकका गाउँ पूर्णरुपमा प्रभावित भइरहेका थिए । 

दुवै देशका सेनाले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘दुवै पक्षले नियन्त्रण रेखा र अन्य क्षेत्रमा सबै सम्झौता, आपसी समझदारी र सङ्घर्ष विरामलाई २४–२५ फेब्रुअरीको मध्यरातिदेखि कडा रुपमा पालना गर्नेछन् ।’

दुवै देशका सेनाले कुराकानीका क्रममा नियन्त्रण रेखा र अन्य क्षेत्रको परिस्थितिका बारेमा छलफल गरेका छन् । दुवै पक्षका सेनाले हटलाइनको माध्यमबाट कुराकानी गरेका हुन् ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया