अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नाइजेरियाको उत्तर–पश्चिमी जाम्फारा राज्यका सयौँ स्कुले छात्रा अपहरणमा परेकाे आशङ्का गरिएको छ ।
शुक्रवार बिहान बन्दुकधारीहरूले एक विद्यालयमा आक्रमण गरेपछि झण्डै तीन सय छात्राको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको एक शिक्षकले बताएको बीबीसीमा उल्लेख छ ।
बन्दुकधारीले स्थानीय समयअनुसार शुक्रवार रातकाे एक बजेकाे समयमा आक्रमण गरेकाे बताइएकाे छ । जङ्गेबे क्षेत्रकाे एक विद्यालयमा माेटरसाइकल र गाडीमा आएका बन्दुकधारीकाे एक समूहले आक्रमण गरेकाे एक शिक्षकले पञ्च नाम गरेकाे एक समाचार वेबसाइटलाई जानकारी दिएका छन् ।
एक शिक्षकले बीबीसीसँग भने, ‘विद्यालयमा चार सय २१ विद्यार्थी छन्, तीमध्ये ५५ जना सुरक्षित छन् र तीन सय छात्राकाे अपहरण गरिएकाे आशङ्का छ ।’
नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन् तर यसबारेमा अन्य जानकारी दिएका छैनन् । गएका केही हप्तायता भएको अपहरणको घटनामा यसलाई सबैभन्दा ठूलो मानिएको छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।
नाइजेरियाको छिमेकी देश नाइजरमा गएको हप्ता २७ विद्यार्थीसहित कम्तीमा ४२ जनाको अपहरण गरिएको थियो । त्यो घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बीबीसीमा उल्लेख छ ।
गएको वर्षको डिसेम्बरमा नाइजेरियाकाे कत्सिना राज्यमा बन्दुकधारीले तीन सयभन्दा धेरै छात्रलाई अपहरण गरेका थिए, छलफलपछि उनीहरूलाई रिहा गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।