एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाडौं – नेपाली कांग्रेसले सरकार आफ्नो प्रतिवद्धतामा जस्ट पास भएको टिप्पणी गरेको छ ।
कांग्रेसले आइतबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा सरकारको समीक्षा गर्दै सरकार आफ्नो प्रतिवद्धतामा उत्तारित मात्रै भएको टिप्पणी गरेको हो । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धिको यात्रा र न्यायलयप्रतिको दृष्टिकोणमा सरकारका कामकारवाही उत्कृष्ट रुपमा अंकित हुन नसकेको कांग्रेसकाे ठहर छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयाे,‘प्रधानमन्त्रीजी जष्ट पासको अवस्थामा देखिनुभएको छ । हामीले त्यसलाई अझै उत्तारित भन्नुपर्ने गरी ठहर गर्नु पर्ने अवस्था छ । हामीले पूरै फेल भनेका छैनौं । तर, उत्तारित अवस्थाबाट मुलुकलाई उकालो लगाउन सकिँदैन । उत्तारित सर्टिफिकेट बोकेर देशलाई उकालो लगाउन प्रधानमन्त्रीले सक्नुहुन्न । उहाँलाई असफल हुने सुविधा छैन । छुट छैन ।’
राष्ट्रियताको सवालमा उग्र राष्ट्रवादको कारुणिक विसर्जन गरेको ठहर कांग्रेसले गरेको छ । प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्तिहरु आउनु, निषेधाज्ञा तथा मिडियामा हस्तक्षेप गर्दै नागरिक स्वतन्त्रता माथि अतिक्रमण गरेकाले सरकार सम्पूर्ण रुपमा असफल हुँदै गएको निष्कर्ष कांग्रेसले निकालेको छ ।
विपक्षी दलले सहयोग गरिरहेको बेलामा बलियो र जिम्मेवार ढंगले सबैको विश्वास लिन पहलकदमी गर्न नसक्नुु नै सरकारको असफलता भएको प्रवक्ता शर्माले बताउनुभयो ।
दुई तिहाइको सरकार भएपछि काम त्यस अनुरुपको हुन नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।
प्रवक्ता शर्माले भन्नुभयाे, ‘खोइ कहाँ छ दुई तिहाइको सरकार?कहाँ छ त्यो शक्तिशाली प्रधानमन्त्रीको ओजिलो व्यक्तित्व?खोई नीति तथा कार्यक्रम त्यो अनुसारका?खोइ त्यो अनुुसारको बजेट?’
उहाँले समृद्धिको सन्दर्भमा ं६ महिनालाई हेर्ने हो भने प्रशंसा गर्ने खालको कार्यक्रम के आयो, चुलाचुलामा ग्यास पुर्याउने कुरा कहाँ पुग्यो, ६ महिनाभित्र बजेटमा त्यो किन हिस्सा बन्न सकेन र रेलमार्गका विषयमा कसले लगानी गर्ने अहिलेसम्म यो प्रष्ट किन हुन सकेन भन्दै प्रश्न गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।