‘बी’ डिभिजन लिग : शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल हुँदै

 फागुन २१, २०७७ शुक्रबार ६:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटाे युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीचको खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै आफ्नाे स्थान कायमै राख्ने दाउमा छ ।

आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ ।

यसैबीच एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीचको खेल हुँदैछ ।

मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा रहेको छ भने पुलचोक २ अङ्कसहित तालिकाको पुछारमा छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया