विप्लव समूहका नेता–कार्यकर्ताको रिहाइ सुरु, धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा

 फागुन २१, २०७७ शुक्रबार १३:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा भएसँगै पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर छाड्न थालिएको हो । 

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेपलाञ्चोकबाट रिहाइ गरिएको छ । प्रहरीका अनुसार विप्लव समूहका एक सय ४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ताविरुद्ध अनुसन्धान चलिरहेको छ । 

विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जनालाई पक्राउ गरेको थियो । अहिलेसम्म कति जनालाई रिहा गरियो भन्ने विवरण आइनसकेको तर प्रक्रिया पुर्‍याएर रिहाइको क्रम भने सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । 

सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमति भएसँगै बिहीवारकाे मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको थियो । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै विसं २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया