आठबिसबाट अछाम हेर्दा (फोटो फिचर)

 फागुन २२, २०७७ शनिबार ११:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखको आठबिस । तल निलो कर्णाली नदी । नदी किनारमा हरियाली फाँट । फाँटमाथि कर्णाली राजमार्ग । 

सडकमाथि कतै हरियाली जङ्गल, कतै अग्ला पहाड । यस्तै अग्ला र अप्ठ्यारा पहाड र पाखामा छरिएर बसेका यहाँका बासिन्दाको लागि कर्णाली नदी र राजमार्ग जिन्दगी जिउने सहारा हुन्।

कर्णालीको पानी फाँटमा मिसाउँदा कहिले धान फल्छ, कहिले गहुँ । अहिले गहुँको सिजन हो । गहुँ लहलह हुँदै गर्दा फाँट हरियाली भएको छ । अनि वसन्त लाग्दै गर्दा जङ्गलमा नयाँ पालुवा पलाउँदैछन् । 

प्रकृतिले नयाँ रुप लिँदै गर्दा देशका अरु ठाउँमा जस्तै दैलेखको आठबिस पनि मनमोहक बनेको छ । आठबिसको तल फेदीबाट जति उकालो उक्लिँदै गयो, प्रकृतिले उति नै आकर्षण थप्दै जान्छ ।

माथिबाट कर्णाली पारि अछामतिर हेर्दा हरियाली फाँट, पालुवाले ढाक्दै गरेको पाखा पखेरा अझै मनमोहक देखिन्छन् ।

हेर्नुहाेस् तस्बिर :

तस्बिर : विशाल कार्की 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया