भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

 फागुन २३, २०७७ आइतबार १३:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सैन्य 'कू' भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ ।

म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको छ ।

म्यानमारमा गएको महिना भएको सैन्य 'कू' पछि विरोध प्रदर्शन भइरहेको छ । म्यानमारका सेनाले  प्रदर्शनकारीमाथि दबाब बढाउँदै लगेको छ । विरोध प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म ५५ जनाको ज्यान गइसकेको छ । 

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार प्रमुख मिसेल ब्याचलेटले म्यानमारमा २९ पत्रकारसहित सांसद प्रदर्शनकारी गरेर १७ सयभन्दा धेरै मानिस पक्राउ परेको बताउनु भएको छ । म्यानमारमा भएको सैन्य 'कू' को विश्वका धेरै देशले आलोचना गर्दै आएका छन् ।

गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया