प्रचण्ड–नेपाल समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने

 फागुन २३, २०७७ आइतबार १४:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आइतबारको संसद् बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने भएका छन् ।

दुई समूहमा विभाजित भएर संसदीय दलका नेता र सचेतक पनि फरक–फरक बनाइसकेको अवस्थामा प्रचण्ड–नेपाल समूहका सांसद् कुन लहरमा बस्छन् ? भन्ने आम चासो थियो । तर संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरेर अहिलेसम्म पार्टी विभाजन भएको औपचारिक पत्र प्राप्त भइ नसकेकाले नेकपाका सबै सांसद् पहिलेकै स्थान अर्थात् सत्तापक्षकै लहरमा बस्ने जानकारी दिनुभयो । 

‘हामीले बुझ्दा नेकपा अहिलेसम्म एउटै पार्टी छ, कानुनी रूपमा दुई वटा भएको पत्र आएको छैन, त्यसैले पहिले उहाँहरू जुन ठाउँमा बस्नुहुन्थ्यो अहिले पनि त्यही लहरमै बस्नुहुन्छ’, पाण्डेले भन्नुभयो । 

प्रतिनिधि सभाको बैठक आइतवार चार बजे बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएकाे पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्चले फागुन ११ गते पुनर्स्थापनकाे फैसला गरेको थियो ।    

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया