प्रतिनिधि सभाको बैठक सुरु, ओली र प्रचण्ड–नेपाल समूहका सांसदबीच घोचपेच

 फागुन २३, २०७७ आइतबार १७:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो पहिलो बैठक आइतवार बसेको छ । गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनर्स्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएअनुसार आइतवार बैठक बसेको हो ।

आइतवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको छ । यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएका पत्र पनि बैठकमा पढेर सुनाइएको छ ।

दिउँसो चार बजे बस्ने तालिका रहेको बैठक सवा पाँच बजे मात्रै सुरु भएको थियो । बैठक बस्न ढिलो भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नै नभइ फर्कनुभएको छ ।

बैठकमा नेकपाको ओली प्रचण्ड–नेपाल समूहका सांसदहरूले एक अर्कालाई घोचपेच गरेका छन् । सांसद भीम रावलले प्रधानमन्त्रीको आलोचना गर्दै ओली सरकारले ल्याएका अध्यादेशलाई संसदमा पेस गर्न नहुने बताउनुभएको छ । तर ओली पक्षका सांसद खगराज अधिकारीले राष्ट्रपतिबाट आएका पत्र पढन र मन्त्रिपरिषद् विस्तारको सूचना पनि पढेर सुनाउन माग गर्नुभएको छ ।  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया