उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेकाहरु सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ ।
उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने सीडीसीको नयाँ मापदण्डमा उल्लेख छ ।
खोपको दोस्रो मात्रा लगाएको दुई हप्तापछि खोप लगाएकाहरू सुरक्षित हुने सीडीसीले जनाएको छ । अहिलेसम्म तीन करोड अमेरिकीले खोपको पूर्णमात्रामा खाेप लगाइसकेका बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले नयाँ मापदण्ड सार्वजनिक गर्दै पूर्ण खोप लगाइसकेकाहरुले घरभित्र अन्य व्यक्तिहरूसँग भेटघाट गर्दा मास्क वा भौतिक दूरी कायम गर्न नपर्ने जनाएका छन् ।
उनीहरुले घरभित्र भाइरसको गम्भीर बिरामी हुने जोखिम कम भएका सदस्यहरुसँग सजिलै भेटघाट र कुराकानी गर्न सक्ने छन् । यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएका अरूसँग भेट भए पनि आफूलाई कुनै लक्षण देखा नपरे परीक्षण वा क्वरेण्टीनमा बस्न पनि नपर्ने नयाँ मापदण्डमा भनिएको छ । तर, खोप नलगाएका र कोरोना सङ्क्रमणको जोखिममा रहेकासँग भेट्दा भने खोप लगाएकाहरूले मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने खबरमा उल्लेख छ । अमेरिकामा अहिलेसम्म ९ करोड मात्राको खोप वितरण भइसकेको छ ।
एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपको स्वीकृतिले पनि वितरण सहज भएको छ । तर स्वास्थ्य अधिकारीहरूले अझै पनि कोभिड–१९ गम्भीर चिन्ताको विषय बनिरहेको बताएका छन्। अझै अमेरिकाका ९० प्रतिशत जनसङ्ख्याले खोप लगाउन बाँकी रहेको सीडीसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले बताउनु भएको छ ।
अमेरिकामा हरेक दिन करिब ६० हजार नयाँ सङ्क्रमित थपिइरहेका छन् । अहिलेसम्म अमेरिकामा २ करोड ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने ५ लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।