कर्णालीमा हराइरहेका तीन जनाको अवस्था अझै अज्ञात, गोताखोरमार्फत् खाेजिने

 फागुन २५, २०७७ मंगलबार ११:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली नदीमा हराइरहेका भनिएका सुकी बडुवाल र उहाँका एक छोरा र छोरीको खोजीका लागि गोताखोरको सहयोग लिइने भएको छ ।

हिजो बेलुका कर्णाली नदी किनारमा सुकीका १५ र १२ वर्षकी छोरी कल्पना र सरिताको शव भेटिएको थियो । तर, सुकीसहित उहाँका ८ वर्षका छोरा ललित र ५ वर्षकी छोरी रजनीको अवस्था अझै अज्ञात छ ।

आमा सुकीसहित पाँचै जनाले कर्णाली नदीमा  हामफालेको आशंकामा प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको छ ।अहिले स्थानीयबासिन्दाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगामार्फत् खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो।

उनीहरुको खोजीका लागि गोताखोर र पौडीबाजलाई बोलाउने तयारी गरिएको पनि डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । हिजो बेलुका हात बाँधिएको अवस्थामा कल्पना र सरिताको शव भेटिएको थियो । प्रहरीकाअनुसार श्रीमान मानसिंह बडुवालसित झगडा परेपछि दैलेखको आठबीस नगरपालिका-३ की सुकी चार जना छोराछोरीलाई साथमा लिएर घरबाट निस्कनु भएको थियो ।

आठबीस नगरपालिका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको बताउनु भएको छ  । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले श्रीमान मानसिंहसँग सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किनु भएको थियो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया