माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – पर्यटन विभागले सन् २०२१ को हिमाल आरोहण सिजन थप व्यवस्थित गर्ने भएको छ ।
आरोहणलाई व्यवस्थित बनाउन विभागले ११ बुँदे निर्देशन पनि जारी गरेको छ । विभागको निर्देशिका अनुसार अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडिओ खिच्ने र प्रचारप्रसार गर्न पाइने छैन ।
आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ, पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ, पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउनेछन्, अनलाइन ब्रिफिङ भरेपछि मात्रै बल्ल डिब्रिफिङ प्राप्त हुनेछ ।
विभागका अनुसार अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्रै आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुनेछ, अनलाइन डिब्रिफिङ नभरेकाहरूले प्रमाणपत्र पाउने छैनन् ।
आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ, डिब्रिफिङ हुँदाका बखत आरोहण दलका सदस्य कुन माध्यमबाट काठमाण्डौ पुगे भन्ने जानकारी गराउनुपर्नेछ ।
यस्तै आपत्कालीन उद्धार गरिएका पर्यटकलाई स्रोत साधनले भएकाे अस्पतालमा लैजानुपर्ने पर्यटन विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।