कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर

 फागुन २५, २०७७ मंगलबार १३:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नु भएको छ । 

सांसद वलीले आज काठमाण्डाै जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको हो । 

नेता पन्तले राष्ट्रियसभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएकाे थियाे । यस टिप्पणीको सबैतिर तीव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफू तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताउनुभयो ।

 वलीले भन्नुभयो – 'उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । उहाँले प्रयाेग गर्नुभएका शब्दहरु माफ गर्न क्षम्य हुने खालको छैन । यसले मलगायत आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्दा दर्ता गरेकाे छु ।'

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया