माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ ।
यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हुने आयोगले जनाएको छ ।
आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको जानकारी सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने भएको छ ।
यस्तै अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फेरि एक हुन चाहेमा केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरेर एकीकृत दलको नाम र चुनाव चिह्नसहित १५ दिनभित्र निवेदनसहित उपस्थित हुन पनि आयोगले जानकारी गराएको छ ।
अब गोपाल किराँतीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले खारेज हुने र उनीहरूले नयाँ दल दर्ता गर्न चाहेमा दलको नाम र चुनाव चिह्नसहित सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।