धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका बैठक तुरुन्तै बोलाउन माग गरेको छ ।
नेपालको निवास कोटेश्वरमा बसेको स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुन:स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले उज्यालोलाई जानकारी दिनुभयो ।
बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो । अध्यक्ष ओलीले बैठक बोलाएर पार्टीलाई गतिशील बनाउनुपर्ने अन्यथा अवस्था फेरि तनावपूर्ण हुनसक्नेमा पनि भेलाले सचेत गराएको छ।
ओली पक्षले विभिन्न ठाउँमा माधव नेपाल पक्षका नेता कार्यकर्तामाथि दुर्व्यवहार गरिरहेको र त्यस्ता क्रियाकलाप तत्कालै रोक्न पनि भेलाले माग गरेको नेता रावलले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली पक्षले पेल्ने सङ्केत मिलेपछि त्यसैअनुसारको रणनीति तय गर्ने विषयमा छलफल भएको पनि नेताहरुले जनाएका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएपछि एमालेको औपचारिक बैठक बस्न सकेको छैन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।