दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

 फागुन २७, २०७७ बिहीबार २०:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखकाे सदरमुकाम नारायण नगरपालिका-११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीवार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे ज्यान गएको छ ।

डुबेर ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका लुङग्राका २१ वर्षीय वीरेन्द्र भुल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठकाअनुसार भुल मध्यपहाडी लोगमार्गमा मजदूरी गर्दै आएका थिए । भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी  दैलेख जिल्ला अस्पतालमा पुर्याइएको थियाे । उनकाे उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया