धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।
मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । एमालेको ओलीतिर लागेका सबै प्रदेश तथा सङ्घीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको पनि माओवादीका एक नेताले बताएका छन् ।
यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।