रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
बैतडी –बैतडीको मेलौली र शिवनाथ गाउँपालिकामा औलोको उच्च जोखिममा रहेको पाइएको छ ।
गएको सालदेखि औलो रोगको बिरामीहरु फेला पर्न थालेका प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरका ल्याब टेक्निसियन रमेश बोहराले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा त्यस क्षेत्रमा २२ जना औलोको बिरामी फेला परेका थिए । चालु आर्थिक वर्षको साउन महिनामै मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा ८ जना औलोको बिरामी फेला परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिकाको मटेला र कानलीमा औलोका बिरामी बढी फेला परेको उहाँले बताउनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामीहरु पत्ता लगाउन सजिलो भएको ल्याब टेक्निसियन बोहराले बताउनुभयो । आफ्नै गाउँमा रगत जाँच गरेर औलो रोग पत्ता लाग्न थालेपछि चेकजाँच गराउनेको संख्या पनि बढ्दै गएको बोहराले बताउनुभयो ।
सरकारले सन् २०२५ बाट औलो उन्मूलन निती लिएकाले औलो रोगको निशुल्क उपचार गर्ने गरिएको छ । लामखुटट्को टोकाइबाट औलो रोग सर्ने गर्दछ । औलो रोगबाट बच्नका लागि आफ्नो वरीपरीको वातावरण सफा राख्ने, झुल लगाएर सुत्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।