पाकिस्तानकाे एक हाेटलमा 'चिनियाँ राजदूत लक्षित' विस्फाेट, कम्तीमा चार जनाकाे ज्यान गयाे

 वैशाख ९, २०७८ बिहीबार ७:२९:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानी सहर क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा चार जनाएको ज्यान गएको छ । विस्फोटमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ । 

संवाददाताहरूका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएकाे छ ।  

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ । क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ । 

आक्रमणको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । विस्फोट होटलको कार पार्किङ गर्ने ठाउँमा भएको हो ।  

सेरेना होटल क्वेटामा निकै चर्चित छ, यहाँ सरकारी अधिकारी र चर्चित व्यक्तित्व आइरहन्छन् ।

विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । 

पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थ भरिएको कारमा विस्फोट भएको एआरवाय न्युज टीभीसँग बताउनुभएको छ । उहाँका अनुसार विस्फोटको समयमा चीनका राजदूत नोन रङ एक समारोहमा थिए तर उनी होटलमा थिएनन् ।  

बलुचिस्तान लामो समयदेखि पृथकतावदी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरुले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र त्यस क्षेत्रमा भइरहेका चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले विरोध गर्दै आएका छन् ।   

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया