सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – भारतमा हिमताल फुट्दा कम्तीका आठ जनाको ज्यान गएको छ । उत्तराखण्डको चमोलीमा हिजो दिउँसो हिमताल फुट्दा तल्लो क्षेत्रमा बाढी आएको थियो ।
बाढीपछि बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत आठ जनाको शव भेटिएको र तीन सय ८४ जनाको उद्धार गरेको भारतीय सेनालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो । त्यस क्षेत्रमा गएको पाँच दिनदेखि अत्याधिक वर्षा र हिमपात भइरहेकोले उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ ।
उद्धारको काम भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने खबरमा उल्लेख छ । हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण त्यहाँको सडक बन्द भएको भारतीय सेनाले जनाएको छ । चमोलीमा गएको फेब्रुअरीमा पनि हिमपहिरोपछि बाढी आउँदा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए । हिमालय पर्वतमाला रहेको उत्तराखण्डमा हिम विपद्का कारण बर्सेनिजसाे क्षति हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।