संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

 वैशाख २५, २०७८ शनिबार १८:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) ले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको भन्दै माओवादी केन्द्रले बैठक स्थगित गर्न माग गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बोलाइएको बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग आग्रहसमेत गर्नुभएको छ ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने मनसायले परिषद्को बैठक आह्वान गरिएको अध्यक्ष प्रचण्डको आरोप छ । उहाँले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको आरोपसमेत लगाउनुभएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया