काठमाण्डौ उपत्यकाको बिजुली आपूर्ति सुधार्न ६ वटा सबस्टेशन निर्म...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।
राष्ट्रसङ्घकाे आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्त्वपूर्ण मानिएको छ ।
राष्ट्रसङ्घका अनुसार एचआईभी सम्बन्धित कलङ्क र भेदभाव हटाउने कार्यका लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देश र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो । सामुदायिक साझेदारहरूको महत्त्वपूर्ण संलग्नता र नेतृत्वको साथ, यो पहलले प्रणालीगत मानव अधिकार अवरोध र असमानताहरू हटाउने कामलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ जसले गर्दा थप न्यायपूर्ण र समावेशी एचआईभी प्रतिक्रियाका लागि मार्गप्रशस्त भएको छ ।
शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआईभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ ।
सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआईभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।