डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्

 फागुन १७, २०८१ शनिबार ६:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल आयल निगमले डिजेल/मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको हो ।

भाउ घटेसँगै डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखार र दिपायल पर्छन् ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया