च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेक...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । लाहोरको गद्दाफी स्टेडियममा हिजो अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द हुँदा अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२ ओभर ५ बलमा १ विकेट गुमाएर १ सय ९ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो । अस्ट्रेलियाका ट्राभिस हेडले नटआउट ५९ रन बनाए । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । अफगानिस्तानका सेदिकुल्लाह अटलले ८५, अजमतुल्लाह ओमरजाईले ६७ रन बनाए । अस्ट्रेलियाका बेन ड्वारशुइसले ३ तथा स्पेन्सेर जोनसन र एडम जम्पाले २/२ विकेट लिए ।
अस्ट्रेलिया ३ खेलमा ४ अङ्कसहित समूह ‘बी बाट अन्तिम चारमा पुगेको हो । अफगानिस्तान ३ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ । आज समूह ‘बी’ को अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । दक्षिण अफ्रिका २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । इङ्गल्यान्ड लगातार दोस्रो हारसहित अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि छ ।
यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।