च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
परिवारको एकजना सदस्य संक्रमित भएपछि संक्रमण नभएका अरु सदस्यसमेत एउटै कोठामा बस्नुपर्ने अहिलेको व्यावहारिक समस्या हो । अहिले यो धेरैको साझा समस्या भएको छ । समस्या नै भए पनि एकजनालाई कोरोना संक्रमण हुँदा सम्भव भएसम्म अलग्गै आइसोलेशनमा बस्नुपर्छ । सम्भव नभएर दुई, तीन जना परिवारका सदस्य सँगै बस्नुपर्ने अवस्था भएमा मास्क खोल्नु हुँदैन ।
उदाहरणका लागि, श्रीमान्/श्रीमती र एउटा बच्चामध्ये एक जनालाई संक्रमण भएको छ र एउटै कोठामा बस्नुपर्ने बाध्यता छ भने एउटै कोठामा पनि दूरी कायम राख्ने प्रयास गर्नुपर्छ । खाना खाँदा सँगै बसेर खानु हुँदैन । पालो गरेर खानु पर्छ । एक जनाले मास्क खोलेर खाना खाएको बेला अरुले मास्क खोल्नु हुँदैन । पहिला खानेले आफूले खाएको ठाउँ, भाँडाकुँडा सबै सफा गरेपछि मास्क लगाउनुपर्छ । त्यसपछि मात्र अर्कोले मास्क खोलेर खाना खाने गर्नुपर्छ । मास्क नलगाई बस्नै हुँदैन ।
झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । सम्भव भएसम्म एउटै कोठामा दुई मिटर दुरी कायम गरेर बस्नुपर्छ । संक्रमित भएका र नभएका सबैले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता भएमा संक्रमित व्यक्तिले प्रयोग गरिसके आफैँले सफा गर्नुपर्ने हुन्छ ।
डिसइन्फेक्सन हुने गरी सफा गर्ने र डिसइन्फेक्सन गर्ने केही नभएमा साबुनको झोलले भने पनि सफा गरेर मात्र बाथरुमबाट बाहिर निस्कनु पर्छ । अनि मात्र बाथरुम अरुले प्रयोग गर्न सक्छन् ।
एउटै कोठामा बस्दा सबैले प्रयोग गर्ने सामानहरु जस्तै, बत्ति बाल्ने स्वीच, टेबल, ढोका र बाथुरुमको चुकुल, सफा गरिरहनुपर्छ । सम्भव भएसम्म चार, चार घण्टामा सफा गर्दा एकदमै राम्रो हुन्छ । सम्भव नभएमा पनि दिनमा तीन, चार पटक भने सफा गर्नुपर्छ ।
यसैगरी तरकारी वा खाद्यान्न किन्न जाँदा एकदमै ध्यान दिनुपर्छ । सकेसम्म बाहिर नै निस्कनु हुँदैन । आइसोलेशनमा बसेकाहरु बाहिर ननिस्किएकै राम्रो हुन्छ । यसो गर्न सकेमा धेरैलाई कोरोना संक्रमण हुनबाट जोगाउन सकिन्छ । आफन्त वा नातागोता नजिकै नभए पनि छरछिमेकी, साथीभाइ कसैलाई किनेर बाहिरसम्म ल्याइदिनुस् त्यसलाई म भित्र ल्याउँछु भनेर भन्नुपर्छ ।
आफ्नो स्वास्थ्यको पनि बेलाबेला ध्यान दिइरहनुपर्छ । शरीरमा अक्सिजनको मात्रा जाँच गरिरहनुपर्छ । पल्स अक्सिमिटर बजारमा किन्न पाइन्छ । औषधि पसलहरुमा पनि राखिएको हुन्छ । दिनमा तीन, चार पटक औँलामा राखेर अक्सिजनको मात्रा जाँच गर्नुपर्छ । जाँच गर्दा ९० भन्दा तल भएमा, श्वास फेर्न गाह्रो भएमा, सिटामोलहरु ६, ६ घण्टामा खाइरहँदा पनि निरन्तर ज्वरो आएमा, एकदमै रिँगटा लागेमा, होश नभएको जस्तो भएमा अस्पताल जानुपर्छ ।
यस्ता समस्या भएका मानिसहरु एक्लै अस्पताल जान सम्भव नहुने भएकाले स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सार्वजनिक गरेको हेल्प लाइन नम्बरमा फोन गरेर अस्पताल जानको लागि सहयोग लिनुपर्छ । हेल्पलाईनमा फोन गरेर बोलाइएका ब्यक्तिहरु आउँदा गुणस्तरीय मास्क र पीपीई लगाएर सुरक्षित भएर आएका हुन्छन् । यदि त्यो सम्भव नभएर अवस्था बिग्रँदै गएमा गुणस्तरीय मास्क लगाएर मोटसाइकलमै भए पनि अस्पताल जानुपर्छ । तर त्यो त्यति राम्रो भने हुँदैन । मोटरसाइकलमा जाँदा दुरी कायम हुँदैन ।
अहिले टोलटोलमा युवाहरुले पनि सहयोग गरिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् आफ्ना नम्बरहरु सार्वजनिक गरेका छन् । बरु उनीहरुलाई सम्पर्क गरेर सुरक्षित तरिकाले अस्पताल जाँदा राम्रो हुन्छ ।
कोरोना पोजेटिभ भएको एउटाले जे औषधि खायो, अर्कोले पनि त्यही खाने चलन बढेको छ । जसका कारण मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । डाक्टरको परामर्शबिना जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन । कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा जथाभावी औषधिको प्रयोग गर्ने धेरै देखिएको छ ।
यसरी जथाभावी औषधि खाँदा हेर्दा मानिस सामान्य देखिन्छ । श्वास फेर्न गाह्रो पनि भएको हुँदैन । तर शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुन्छ । यो एकदमै खतरनाक हो । त्यही भएर संक्रमितले शरLरमा अक्सिजनको मात्रा नापिरहनुपर्छ ।
(कोराेना बिरामीको उपचार तथा हेरचाहमा संलग्न नेपाल नर्सिङ संघकी महासचिवसमेत रहनुभएकी नर्वदा थापासँगको कुराकानीमा आधारित )
यही विषयमा 'काेराेना क्याप्सुल'काे ३५ औँ र ३४ औँ अङ्क सुन्न सक्नुहुन्छ ।
यी सामग्री पनि पढ्नुहोस् :
कोरोना सङ्क्रमितले के गर्ने ? के नगर्ने ?
महामारीमा आफ्नो मन र शरीरलाई सन्तुलन बनाइ राख्न अपनाउनुहोस् यी उपाय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।