रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो । यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।
अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध भए माग धान्न कुनै समस्या नरहेको अक्सिजन उत्पादक उद्योगीहरुले बताउँदै आएको छ ।
यस्तै विभिन्न ठाउँमा रोकिएका अक्सिजन सिलिण्डर संकलनको कामसमेत भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभएको छ ।
यस्तै, बिरामीलाई अक्सिजन पुर्याउन युवाहरु पनि स्वस्फूर्त रुपमा सक्रिय भएका छन् । हाम्रो टिम नेपाल र हाम्रो सानो प्रयास परिवारले अहिले अक्सिजनको सिलिण्डर पुर्याउन सहयोग गरिरहेको बताएका छन् । अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११६६४३७, ९८५११०२६५४,९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।