गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

 वैशाख २९, २०७८ बुधबार १८:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिनुभएकाे छ । 

मुख्यमन्त्री गुरुङलाई संविधानकाे धारा १६८ काे उपधारा ३ बमाेजिम प्रदेश प्रमुख सीताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे शपथ खुवाउनुभएकाे हाे ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद खिमविक्रम शाही र कृष्ण थाले आफूहरु तटस्थ बसेपछि कांग्रेस संसदीय दलका नेता पोखरेलले बहुमत पुर्‍याउन नसक्नुभएको हो ।

  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया