केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले 'रेड अलर्ट' घाेषणा गरेकाे छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्घले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधवार देशभर रेड अलर्ट घोषणा गरेको हो ।
बढ्दो सङ्क्रमितको सङ्ख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै सङ्घले सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल पनि गरेको छ । सङ्क्रमितहरू अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउन सक्ने अवस्था हुँदा हुँदै अक्सिजनको अभावमा बिरामीको ज्यान जाने गरेका लगायत हृदय विदारक दृश्यहरू देखिनु निकै पीडादायी भएको भन्दै सङ्घले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाइरहे पनि सरकार, राजनीतिक दललगायत सरोकारवाला गम्भीर नबन्दा ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाउनुपरेको जनाएको छ ।
सङ्घका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोड–घटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्का महामारीविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरिएको बताउनुभयो । उहाँले महामारीमा नागरिकको जीवन रक्षा गर्न सङ्घले देशभर रेड अलर्ट घाेषणा गरी सबैलाई कोभिडविरुद्धको लडाइँमा एकत्रित हुन अपिल गर्नुभयो ।
सङ्घले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामग्रीको उपलब्धता गराइ नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।
महासचिव रिजालले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले यस्ता घटना रोक्न र संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।