जसपा शीर्ष नेताकाे बैठक : ‘पार्टीमा दुई खेमा छैन, निष्कर्षमा पुग्न प्रयास गरिरहेका छाैँ’

 वैशाख २९, २०७८ बुधबार २०:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधवार (आज) शीर्ष नेताबीच छलफल गरेको छ । छलफल भए पनि विना निष्कर्ष टुङ्गिएकाे छ ।

ललितपुरको बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उहाँले छलफल नसकिएकाेले बिहीवार (भोलि) सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिनुभयो । बुधवारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकीकृत निर्णय गरिने नेता भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा दुई खेमा होइन । फरक–फरक विचार छन् । यो स्वाभाविक हो लोकतान्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल कायम राख्छौँ र भोलिसम्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौँ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउन प्रयत्नरत छौँ । अहिले निष्कर्षमा पुगिसकेका छैनौँ । भोलिसम्ममा निष्कर्षमा पुग्छौँ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढङ्गले हामी अगाडि बढिरहेका छौँ ।’

प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गएकाे २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई तीन दिनको समय दिनुभएको थियो । त्याे समय भोलि सकिँदै छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया