देशभरको मौसम बद्ली, काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा

 वैशाख ३०, २०७८ बिहीबार ७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ । भोलिदेखि मौसममा सुधार हुने सम्भावना देखिएको पनि मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया