मुख्यमन्त्री नियुक्ति असंवैधानिक : चार दल

 वैशाख ३०, २०७८ बिहीबार ८:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् ।

संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी  थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्थाका विपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति गरिएको बताएका छन् ।

धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने १५ सदस्य भएको नेपाली कांग्रेस, १२ सदस्य (सभामुख समेत) भएको नेकपा माओवादी केन्द्र, तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा र दुई सदस्य रहेको जनता समाजवादी पार्टीको ‘लेटरहेड’मा लेखेर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरियोस् भन्ने पत्र बैशाख २९ गते ३ बजेर ५५ मिनेटमा प्रदेश प्रमुखलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

“बहुमत सदस्य भएको दलहरूको समर्थन आएपछि प्रस्तावित उम्मेदवारलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने थियो । उपधारा ९२० अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन नसके उपधारा ९३० कार्यान्वयन गर्नुपर्नेमा चार दलको पत्रलाई बाइपास गरेर सिधै उपधारा ३ कार्यान्वयन गर्नु असंवैधानिक छ, भर्त्सनायोग्य छ”,  विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावक दलहरूको कागजात नपुगे माग्नुपर्ने बताउँदै दलहरूले आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै प्रदेश प्रमुखले अनावश्यक फैसला गरेर संविधानको अपमान गर्नुभएको उल्लेख गरेका छन् । चार दलले दर्ता गरेको निवेदनलाई बेवास्ता गरी पूर्वनियोजित निर्णय गरेर गरिएको मुख्यमन्त्री नियुक्तिप्रति विमति भएको भन्दै विज्ञप्तिमा प्रदेश प्रमुखले सामान्य शिष्टाचारसमेत ख्याल नराखी दर्ता प्रक्रियामा शङ्कास्पद विलम्ब गर्न खोज्नु निन्दनीय भएको बताइएको छ ।

संविधान, कानून, विधि र प्रक्रिया मिच्ने प्रवृत्तिविरुद्ध चारै राजनीतिक दलको एकताबद्ध र निरन्तर सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया