इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण

 वैशाख ३०, २०७८ बिहीबार १०:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा ठूलो भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका बीबीसीले जनाएको छ ।

संघर्ष चर्कँदै गएपछि संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताउनुभएको छ । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिनुभएको छ ।

सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसंघले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको हो । सोमवारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ ।

हप्तौँदेखि इजरायल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपछि लडाइँ सुरु भएको हो । मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो समय तनाव चर्किएको हो । इजरायलभित्रै पनि यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् । हिंसाका कारण हिजो बेलुकी तीन सय ७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरायली प्रहरीले जनाएको छ । इजरायलका राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरायलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपिल गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया