आजदेखि बैंकमा यी ५ प्रकारका सेवा मात्रै प्रवाह हुने

 वैशाख ३१, २०७८ शुक्रबार ७:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कम कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् ।

आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम ५० हजारभन्दा कम जम्मा नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले बताउनुभयो । उहाँका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्दा नेपाल राष्ट्र बैंकको अनुमतिमा यस्तो निर्णय भएको हो । सङ्घले सरकारले अत्यावश्यक सेवाबाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

बैंकले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्नेलगायत कामहरू रोकिने भएका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया