केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
रसुवा – रसुवामा निर्माणकाे काम गरिरहेकाे चिनियाँ कम्पनीले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ ।
चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले जिल्ला प्रशासन कार्यालय रसुवालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हाे । रसुवामा रहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको सीडब्ल्यूईले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
जिल्लाको अस्पतालमा अक्सिजन सिलिन्डर पर्याप्त नभएका कारण सहयोग गरिएको आयोजना प्रमुख छबि गैरेले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । जिल्लाको अस्पतालहरूमा अहिले पर्याप्त अक्सिजन सिलिन्डर छैनन् । जिल्लामा हाल सञ्चालनमा रहेका दुई वटा अस्पतालमा २० वटा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।