प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती मगर सहभागी भएका थिए । त्यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएकाे थियाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र बहुमतको आधारमा सरकार गठन गर्न नसकेपछि त्यसको भोलिपल्ट विपक्षी दलका नेताहरू छलफलमा सहभागी भएका हुन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको असहयोगका कारण विपक्षी दलहरूले गठबन्धनको सरकार बनाउन असफल भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।