जलवायु परिवर्तनले अमेरिकाको लस एन्जलसको आगलागी बढाएको वैज्ञा...
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशकाे राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत लिन नसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयाैँ संशय उब्जाएको उहाँले बताउनुभयो ।
शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्राे डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाैडेलले देशकाे राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयाैँ संशय उब्जाएको बताउनुभएको हो ।
उहाँले अझै पनि संसद् विघटन गर्ने प्रयत्न जारी नै रहेको दाबी गर्नुभयो ।
नेता पाैडेलले भन्नुभयो, ‘झन् रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरू छन् । पहिलो कुरो त संसद्लाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । नागरिकले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासा हुन थाल्यो भने फेरि नागरिक नै बाँच्ने कुरा आउँछ । त्यसकारण नागरिक बाँच्ने कुराको पनि चिन्ता छ ।’
गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।