शव जलाउनेलाई प्रतिदिन थप एक हजार भत्ता !

 वैशाख ३१, २०७८ शुक्रबार १८:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाकाे शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभएकाे छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गर्नुभएकाे हाे ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।  

यस्तै मन्त्री ढकालले काेभिड १९ का कारण थला परेकाे पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो । 

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिका दिनमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । समयको मागअनुसार व्यवहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । साथै मन्त्री ढकालले कुनै समस्या भए आफूसँग ढुक्कले राख्न अनुरोध गर्नुभयो ।   

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया