प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशकाे राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो ।
शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरू देशलाई सही बाटोमा हिँडाउन र देशकाे राजनीति देशका पार्टीकाे हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताउनुभयो ।
प्रधानमन्त्रीका अभिव्यक्ति संसद्लाई भङ्ग गरेर देशलाई अनिश्चितता र अन्याेलतर्फ लैजाने खालका भएको दाबी उहाँले गर्नुभयो ।
नेता यादवले भन्नुभयो राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राजनीति दिशाहिनता, अनिश्चितता र अन्याेलतर्फ धकेलिएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने काम हुँदै गएको छ । त्यसैले आउने दिनमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।