केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि सबै नागरिकलाई खोप लगाउन द्रुत गतिमा विदेशबाट खोप आयात गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर तत्काल सबै नागरिकलाई खोप लगाउन विदेशबाट खोप मगाउन ध्यानाकर्षण गराउनुभएको हो ।
ज्येष्ठ नागरिकलाई पहिलो खोप दिए पनि अहिलेसम्म दाेस्राे डोज दिन बाँकी रहेको र दोस्राे डोज दिने समयसीमा धेरै कम रहेकाले यथाशक्य चाँडो दोस्राे खोप दिने व्यवस्था मिलाउनसमेत उहाँको माग छ ।
यस्तै देशभर अक्सिजनको अभावमा सङ्क्रमितले ज्यान गुमाउनु परिरहेकोबारे प्रमुख सचेतक खाँडले मन्त्री त्रिपाठीको ध्यानाकर्षण गराउनुभयो । अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिन्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
यस्तै स्वास्थ्य सामग्री र उपकरणको अभाव हुँदै गएको अवस्थाले गर्दा सङ्क्रमित र अन्य रोगका बिरामीहरूको समेत उपचारमा कठिनाइ भइरहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने प्रमुख सचेतक खाँडले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।