सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस, आजै आदेश...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमण गरिरहेको बेला एक जनाले चड्कन हानेका छन् ।
बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई झापड हानेका थिए । सीएनएनका अनुसार यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिनु भएको छ ।
उहाँले भन्नु भएको छ – ‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन् ।’ उहाँले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गर्नुभएकाे छ । फ्रान्सका एक मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन हरेक फ्रान्सेली नागरिकमाथिको चड्कन भएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।