सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टचारसम्बन्धी मुद्दाहरू थपिएका छन् । सुकीविरुद्ध औपचारिक सुनुवाइ सुरु हुन केही दिनमात्रै बाँकी रहेका बेला नयाँ अभियोगहरू थपिएको बीबीसीले जनाएको छ ।
सोमवारदेखि सुकीविरुद्ध औपचारिक सुनुवाइ हुँदैछ । म्यानमारको एन्टी–करप्सन कमिशनले गरेको छानबिनपछि याङ्गुन क्षेत्रका पूर्वमुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकीमाथि थपिएको छ ।
यस्तै द खिन कि फाउन्डेशनको अध्यक्ष भएका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग थपिएको बीबीसीले जनाएको छ ।
सुकीमाथि यसअघि नै लाइसेन्स विना वाकटकीहरू राखेको, कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम तोडेको, उपनिवेशकालदेखिको देशको आधिकारिक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ ।
गएको फेब्रअरी १ मा सेनाले सत्ता हत्याएपछि सुकी हिरासतमा हुनुहुन्छ । सेनाले सत्ता हातमा लिएपछि भएको प्रदर्शनमा आठ सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।