मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त
माघ १६, २०८१ बुधबार
धनुषा – प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद् समावेश बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाउनुभएको छ । सरकार गठनका क्रममा गैर–मधेशी (पहाडे) हरूलाई पनि समावेश गर्न भन्दै प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्री राउतलाई पत्र पठाउनुभएको हो ।
पत्रमा मन्त्रिपरिषदमा पहाडी मूलकालाई पनि समावेश गराउन, महिला, मधेशि र दलित सबैलाई उत्तिकै प्राथमिकता दिन आग्रह गरिएको छ । संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने व्यवस्था भएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराउनुभएको हो ।
यस्तै प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू प्रदेश सभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा प्रदेश सभाको गठन विधि नै समावेशी समानुपातिक सिद्धान्तमा आधारित रहेको पत्रमा भनिएको छ ।
यस्ताे छ पत्र
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।