एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न

 फागुन १६, २०८१ शुक्रबार १५:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । गएराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो ।

निजी क्षेत्रको पहलमा तिलोत्तमामा बनेको क्रिकेट मैदान प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै परीक्षण सम्पन्न गर्ने तयारी भएको प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो ।

७ करोड रुपैयाँभन्दा बढी खर्च गरी फ्लडलाइट जडान गरिएको हो । निजी क्षेत्रले बनाउने काम गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उहाँको भनाइ छ ।

डेढ वर्षअघि मैदान बनाउन शुरू भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मापदण्ड अनुसार आवश्यक कामहरू पूरा गरेको प्रबन्ध निर्देशक कुँवरले बताउनुभयो । उहाँका अनुसार भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको छ । प्याराफिट बनाउने काम बाँकी छ ।

यही फागुन २५ गतेदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुँदैछन् । प्रधानमन्त्री कपका लागि मैदानमा आवश्यक काम भइरहेको छ । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको कुँवरले बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया