न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना मजदूर फसेका थिए । फसेकामध्ये १६ जना मजदूरको उद्धार गरी अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । हिमपहिरोमा अझै ४१ जना मजदूर फसेका छन् ।
आज दिउँसो बद्रीनाथ धामको नजिक मानामा हिमपहिरो गएको हो । उद्धारका लागि सेनासँगै आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली घटनास्थलमा पठाइएको छ । अहिले वर्षा र हिमपात भइरहेको हुँदा हेलिकप्टर सेवा प्रयोग गर्न नपाएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
तीन दिनदेखि बद्रीनाथ धाम, हेमकुण्ड साहिब, भ्याली अफ फ्लावर्स, रुद्रनाथ, लाल माटी, नन्द घुङ्टी, औली, गोरसोन लगायत निती र मना उपत्यकामा हिमपात भइरहेको छ । हिमपातका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।