चीनले जी–७ देशलाई चेतावनी दिँदै भन्यो, ‘अब सीमित देशले विश्वको निर्णय गर्न सक्दैनन्’

 जेठ ३०, २०७८ आइतबार १८:४९:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनले जी–७ देशका नेताहरुलाई चेतावनी दिँदै सीमित देशले विश्वको भविष्यका बारेमा निर्णय लिने दिन गएको बताएको छ । 

लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भन्नुभयो, ‘कुनै पनि देश चाहे ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी, सबै बराबर छन् र विश्वव्यापी मामिलामा सबै देशसँग विचार–विमर्श गरिसकेपछि मात्र त्यसको समाधान खोज्नुपर्छ ।’

जी–७ देश चीनको सामु आफैँलाई एकजुट देखाउने प्रयास गरिरहेका बेला चीनले यस्तो चेतावनी दिएको हो । 

जी–७ देशमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् । 

बेलायतको कर्नभेलमा भएको यस शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीका कारण विश्वमा लोकतान्त्रिक देश र तानाशाही व्यवस्था भएका देशबीच सङ्घर्षको स्थिति बनेको बताउनुभएको आफ्ना संवाददातालाई उद्धृत गर्दै बीबीसीले भनेको छ । 

अन्तर्राष्ट्रिय मञ्चमा लगातार बलियो देखिएको छ चीन

शीत युद्धका क्रममा सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि विश्व समुदायमा चीन एक महाशक्तिका रुपमा उदाउनुलाई अहिलेको दशकमा सबैभन्दा ठूलो विश्व घटनाक्रमका रुपमा हेरिने गरिएको छ । 
चीनले गएका केही दशकमा विश्वभर नै आफ्नो प्रभाव बढाएको छ । 

उसले आफ्नो बेल्ट एन्ड रोड इनिशिएटिभ अनुसार विश्वकै केही विकासशील देशमा ठूलो मात्रामा लगानी गरेको छ । 

गएको चार दशकमा चीनले निकै ठूलो सैन्य र आर्थिक शक्ति हासिल गरेको छ । चीनका राष्ट्रपति सी जिनपिङको कदमलाई कसरी जवाफ दिइने भन्नेबारेमा पनि जी–७ को बैठकमा चर्चा भइरहेको छ । 
बेलायतमा सात देशका राष्ट्राध्यक्ष तीन दिवसीय सम्मेलन गरिरहेका छन् । 

पश्चिमी देश चीनको प्रभाव कम गर्न सम्मेलनले बलियो विकल्प पेस गरेको देख्न चाहन्छन् ।

जी–७ देश चीनको अरबौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पको रुपमा विकासशील देशका लागि योजना बनाउने काम गरिरहेका छन् ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया